• २०८१ बैशाख ८ शनिबार

अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तरगत साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ ।

समुह सी अन्तर्गत मंगलबार भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

साउदी अरेबियाका लागि सालेह अल्शेरी र सालेम अल्डावासरीले एक एक गोल गरेका थिए ।  साउदी अरेबियाले खेलको ४८औं र ५३औं मिनेटमा एक एक गोल गरेको थियो ।

यस अघि खेलको १०औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलमा जितको सिलसिलामा ब्रेक लागेको छ । यो हारले अर्जेन्टिना समुह सी मा संकटमा परेको छ । यो जितपछि समुह सी मा साउदी अरेबियाले महत्वपूर्ण ३ अंक बटुलेको छ ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै