• २०८१ बैशाख ७ शुक्रबार

रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता कायमै

kharibot

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको अग्रता कायम छ ।

पछिल्लो मतपरिणामअनुसार १४ हजार नौ सय ६४ मत गणना हुँदा कांग्रेसका आचार्यले नौ हजार छ सय १५ मत प्राप्त गरेका छन् । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का छोवाङ तामाङले चार हजार छ सय ७० मत प्राप्त गरेका छन् ।

हालसम्म गणना भएको मतमध्ये तीन सय ९७ मत बदर भएको छ । रसुवामा मतदाता सङ्ख्या ३९ हजार चार सय ५९ रहेकामा २८ हजार सात सय १३ मत खसेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै