• २०८१ बैशाख १२ बुधबार

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

kharibot

मान्म । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । 

कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का नगेन्द्र शाही स्वतन्त्रका  काशिचन्द्र बराल, कांग्रेस विपीका  पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन् ।

कालीकोटको प्रदेशसभा (क) मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा (एमाले)बाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा (ख) मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै