• २०८१ बैशाख ७ शुक्रबार

रसुवामा ६४ प्रतिशत मत खस्यो 

kharibot

रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ । 

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म  कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए  । 

उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए । रसुवामा  ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार  प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै