• २०८१ बैशाख १२ बुधबार

यी दुई देश जसले जिते लगातार विश्वकप

kharibot

काठमाडौँ । अहिलेसम्म २० पटकको विश्वकप फुटबलको यात्रामा केबल ८ देशले मात्र विश्वकप फुटबलको उपाधि जितेका छन् । 

जसमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन रहेका छन् । यी ८ देशमा ब्राजिलले ५ पटक, जर्मनी र इटालीले ४-४ पटक विश्वकप जितेका छन् । 

त्यस्तै अर्जेन्टिना र उरुग्वेले २-२ पटक विश्वकप जितेका छन् भने फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकप जितेका छन् । तर यी ८ टिम मध्ये दुई टिम यस्ता छन् जसले विश्वकपको उपाधि लागातर दुई पटक जितेका छन् । ति दुई देश इटाली र ब्राजिल हुन् ।

इटालीले सन १९३४ र १९३८ मा लगातार विश्वकपको उपाधि जित्न सफल भएको थियो । सन १९३४ मा आफ्नै देशमा आयोजना भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा चेकोस्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै जितेको थियो भने सन १९३८ मा फ्रान्समा आयोजना भएको विश्वकपमा फाइनलमा हंगेरीलाई ४-२ गोल अन्तरले पराजित गरेर उपाधि जितेको थियो ।

त्यस्तै ब्राजिलले पनि सन १९५८ र १९६२ को विश्वकप लगातार जितेको छ । सन १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको फाइनलमा आयोजक स्विडेनलाई ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै सन १९६२ मा चिलीमा आयोजना बह्येको विश्वकपमा फाइनलमा चेकोस्लोभाकियालाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै