• २०८१ बैशाख ६ बिहीबार

फाइटर जेटको स्कटिंगका बिच कतार पुग्यो पोल्याण्डको टिम

kharibot

काठमाडौँ । कतारमा आइतबारदेखि विश्वकप फुटबल सुरु हुँदैछ । यस फुटबलको महाकुम्भमा हावी हुने केही युरोपेली टोलीहरू रसिया-युक्रेन युद्धको छायाँमा छन् । पोल्याण्डको टोली बिहीबार कतार पुगेको थियो ।

टोलीको उडानलाई दुईवटा एफ१६ लडाकु विमानले स्कटिंग गरेको थियो । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

हालै एक मिसाइलले आफ्नो भूमिमा खसेर दुई जनाको मृत्यु भएपछि पोल्याण्डले आफ्नो विश्वकप खेल्ने टिम उडेको विमानलाई एफ१६ लडाकु विमानले स्कटिंग गरेको थियो ।

पोल्याण्ड सरकारले फुटबल टोलीलाई आफ्नो आकाशमा सुरक्षा दिने निर्णय गरेको थियो । फुटबलसँगै सेनाका दुईवटा लडाकु विमान पनि दौडिरहेका थिए ।

पोल्याण्ड यस पटक समूह सी मा छ । रोबर्ट लेवानडोस्की आफ्नो टोलीलाई १९८६ पछि नकआउटमा नेतृत्व गर्न चाहन्छन् । यो समूहमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिकोका टोली छन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै