• २०८१ बैशाख ८ शनिबार

२० बर्षदेखि उपाधिविहिन ब्राजिल, यो विश्वकप जित्ला त ?

kharibot

काठमाडौँ । फिफा विश्वकपका लागि सबै ३२ टोली अहिले अन्तिम चरणको तयारीमा रहेका छन् । पाँच पटकको च्याम्पियन ब्राजिललाई सबै विश्वकपमा प्रबल दाबेदार हुने गर्छ ।

ब्राजिललाई यस विश्वकपमा प्रमुख दाबेदार टिमको रुपमा हेरिएको छ । यस अघि २००२ मा एशिया (जापान-दक्षिण कोरिया) मा नै भएको विश्वकप जितेको ब्राजिलले २० बर्षदेखि विश्वकपको उपाधि जितेको छैन ।

राम्रो लयमा रहे पनि यस पटक ब्राजिल चार वर्षअघिको जस्तै नेयमारमा मात्र भर परेको छैन । प्रशिक्षक टिटेसँग भिनिसियस जुनियर, रिचार्लिसन र राफिन्हाका युवा खेलाडीहरू पनि छन् । भिनिसियस र राफिनहालाई विश्वकप छनोटमा दुबै छेउमा राखिएको थियो। ब्राजिल समूह जी मा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुनसँगै परेको छ ।

विश्वकपपछि टिटेले प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएकाले उनले कुनै कसर बाँकी नराख्ने र कडा निर्णयबाट पछि नहट्ने देखिन्छ ।

रुसमा भएको गत विश्वकपमा प्रशिक्षकले ग्याब्रियल जिससलाई सुरुदेखि नै मैदानमा उतारेका थिए तर उनले पाँच खेलमा कुनै गोल गर्न सकेनन् । पछि गएर धेरै खेलाडीलाई विकल्पका रूपमा फिल्डिङ गर्ने यो प्रशिक्षकको रणनीतिमा प्रशिक्षक टिटेको रहेको छ ।

त्यस्तै कासेमिरो र फ्रेडले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडसँग राम्रो सिजन बिताएका छैनन् ।  ड्यानिलो राइट विङमा रहने अपेक्षा गरिएको छ । अर्को विकल्प ३९ बर्षिय डानी आल्भेज पनि रहेका छन् । चोटका कारण आल्भेसले रुसमा भएको पछिल्लो विश्वकप खेल्न पाएनन् । थियागो सिल्भा केन्द्रीय डिफेन्डर हुन सक्छन् । एलेक्स स्यान्ड्रो लेफ्ट ब्याकको रूपमा दौडमा अगाडि छन् । त्यस्तै त्यस ठाउमा एलेक्स टेल्स पनि छन् ।

त्यस्तै नेइमार र भिनिसियस जुनियर ब्राजिलको प्रमुख आक्रमण रहेका छन् । नेइमारले ब्राजिलका लागि १२१ खेलमा ७५ गोल गरेका छन् । उनी लिजेण्ड खेलाडी पेलेले ब्राजिलका लागि गरेको ७७ गोलभन्दा दुई गोल मात्र पछाडि छन् । अग्रपंक्तिमा नेइमार, रिचार्लिसन, ग्याब्रियल जीसस रहेका छन् ।

टोलीका प्रशिक्षक टिटे भन्छन्- 'हामीसँग धेरै राम्रा खेलाडीहरू छन्, तर हामीले ती सबैलाई सुरुमा खेलाउन सक्दैनौं । हामी केही पछि विकल्पका रूपमा पनि खेलाउने रणनितिमा छौं ।

तुलनात्मक रुपमा ब्राजिल यस विश्वकपमा नेइमारसँग मात्र भर पर्नुपर्ने अवस्थामा देखिदैन । आर्सनलमा यस सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका गाब्रियल जिसस र गाब्रियल मार्टिनेल्ली, रियलमा उत्कृष्ट प्रदर्शन गरिरहेका भिनिसियस र रोड्रीगो नेइमार बाहेक विश्वकपमा चम्किन सक्ने ब्राजिलका खेलाडी हुन् । त्यस्तै घाइते रहेका रिचार्लिसन पनि ठिक भएर खेल्न सकेमा पनि ब्राजिललाई उत्कृष्ट योगदान दिन सक्नेमा कुनै शंका छैन ।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विश्वकपको उपाधि जितेको थियो । यो टोली अन्तिम पटक २० वर्षअघि फिफा च्याम्पियन बनेको थियो । पछिल्लो विश्वकपमा यो टोली क्वार्टरफाइनलमा पुगेर छैटौं स्थानमा पुगेको थियो । 

ब्राजिलको विश्वकप खेल्ने टिम 

गोलकिपर: एलिसन, एडरसन, वेभेरटन ।
डिफेन्डर:  थिआगो  सिल्भा, मार्क्यून्होस, डानिलो, एडर मिलिताओ, एलेक्स टेल्लेस, लेक्स सान्ड्रो, ब्रेमर, डानी आल्भेज ।
मिडफिल्डर:  कासेमिरो, लुकास पाक्वेटा, फाबिन्हो, फ्रेड, एभर्टन रिबेइरो, ब्रुनो गुइमाराएस ।
फरवार्ड:  नेइमार, रिचार्लिसन, भिनिसियस जुनियर, एन्टोनी, राफिन्हा, रोड्रीगो, पेड्रो, गाब्रियल जिसस, गाब्रियल मार्टिनेल्ली ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै