• २०८१ बैशाख ८ शनिबार

यस्तो छ आजको विनिमय दर

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

मंलबारको तुलनामा विदेशी मुद्राहरुको खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ । 

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ । 

जापानी येनमा १० को खरिदमा ९  रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१  पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै