• २०८१ बैशाख ८ शनिबार

हिमालयन डिष्ट्रलरीको पहिलो त्रैमासिक रिपोर्ट सार्बजनिक, चुनौतीपूर्ण अवस्थामा पनि नाफा बढ्यो

kharibot

काठमाडौं । हिमालयन डिष्ट्रलरीको पहिलो त्रैमासमा खुद नाफा २१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का लगायतका मदिरा उत्पादक कम्पनि हिमालयन डिस्टिलरीले सार्बजनिक गरेको चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा कम्पनिको खुद नाफा बढेको देखिएको छ ।

हाल नेपालको मदिरा उद्योगमा मन्दीको संकेत देखिए पनि हिमालयन डिस्टिलरीले २.११ प्रतिशत नाफा बढाएको छ । त्यस्तै समग्र मदिरा उद्योगको वृद्धिदर अहिले नकारात्मक रहेको छ । यस क्षेत्रका विज्ञहरु अहिले मदिरा उद्योगको वृद्धिदर -२५ देखि -३० प्रतिशत रहेको दाबि गर्छन् ।    

कम्पनीले साउनदेखि असोजसम्म एक अर्ब ३८ करोडको मदिरा बिक्री गरेको छ । जुन अघिल्लो बर्षको पहिलो त्रैमासिकको तुलनामा १२.२९ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ अन्त:शुल्क तिरेको छ । अन्त:शुल्कको दर बढेका कारण यसबापत सरकारको खातामा जाने रकम १७ प्रतिशतले बढेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात ६० गुणा छ भने प्रति सेयर नेटवर्थ २०१ रुपैयाँमा झरेको छ। पोहोर २५५ रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ छ ।

कम्पनीका अनुसार आगामी दिन चुनौतीपूर्ण देखिएको छ । चालु पुँजीको अभाव, बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, ब्याज दरमा अत्यधिक वृद्धिजस्ता कारणले यस क्षेत्रमा लगानीको अभाव रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै