• २०८१ बैशाख ८ शनिबार

बर्मुडा ट्र्याङ्गलमा भेटियो स्पेस शटलका भग्नावशेष

kharibot

काठमाडौँ । दोस्रो विश्वयुद्धका कलाकृतिहरू खोज्न एट्लान्टिक महासागरमा चलाइएको  अभियानका क्रममा स्पेस शटल च्यालेन्जरको २० फिट लामो भग्नावशेष फेला परेको छ । अनुसन्धानकर्ताहरुले समुन्द्रको सतहमा ३६ बर्षअघि दुर्घटनामा परेको स्पेस शटल च्यालेन्जरको २० फिट लामो भग्नावशेष फेला परेको हो ।

सो भग्नावशेष १९८६ मा उडान पछि तुरुन्तै दुर्घटनाग्रस्त स्पेस शटलको भएको बताइएको छ । हिस्ट्री च्यानल र अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस बारेमा खुलासा गरेका छन् । स्पेस शटल च्यालेन्जरको भग्नावशेष फ्लोरिडाको पूर्वी तटमा 'द बर्मुडा ट्र्याङ्गल: इनटू कर्स्ड वाटर्स' शीर्षकको नयाँ शृङ्खलाको छायांकनको क्रममा फेला परेको थियो ।

१९८६ मा जनवरी २८ मा प्रक्षेपण पछि च्यालेन्जर ब्रेकअप भयो, यस घटनामा सबै सात चालक दलका सदस्यहरू मारिएका थिए । यसमा एक शिक्षक पनि थिए जो अन्तरिक्षमा जाने पहिलो नागरिक बन्न लागेका थिए । यस घटनालाई लाखौं मानिसहरुले टिभीमा प्रत्यक्ष देखेका थिए । स्पेस शटल पत्ता लगाउने टोलीको नेतृत्व गर्ने माइक बार्नेट त्यतिबेला हाईस्कूलका विद्यार्थी थिए, जसले यो घटनालाई टिभीमा दुर्घटनाको दृश्य प्रत्यक्ष हेरेका थिए ।

सन् १९९६ मा अन्तरिक्ष यानका केही टुक्रा किनारमा फेला परेपछिको यो पहिलो भाग्नावेस हो । बार्नेट र उनको टोली मार्चमा बर्मुडा त्रिभुजमा शंकास्पद जहाजको भग्नावशेष खोज्न निस्किएको थियो । उत्तरी एट्लान्टिक महासागरमा अवस्थित बर्मुडा ट्रायङ्गललाई दर्जनौं जहाज दुर्घटना र विमान दुर्घटना भएको ठाउँ भनिन्छ । बर्मुडा ट्रयाङ्गलका बारेमा विश्वभर विभिन्न किसिमका कथाहरू चर्चित छन् ।

बर्मुडा ट्रायङ्गल संसारको सबैभन्दा रहस्यमय ठाउँहरू मध्ये एक हो । भनिन्छ एक अदृश्य शक्तिले यस समुद्री क्षेत्रमाथि जाने सबै चीजहरू तल तान्दछ । तर अष्ट्रेलियाका वैज्ञानिक कार्ल क्रुजेल्निकले बर्मुडा ट्रयाङ्गलमा ठूलो संख्यामा जहाज र विमान हराउनुमा मानवीय त्रुटि र खराब मौसम जिम्मेवार रहेको बताउदै आएका छन् । भूमध्य रेखा नजिक रहेको ७ लाख वर्ग किलोमिटरको यो व्यस्त क्षेत्रलाई ‘डेभिल्स ट्रयाङ्गल’ पनि भनिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै