• २०८१ बैशाख १३ बिहीबार

थ्रिडी कमिक् बुक सार्वजनिक

kharibot

काठमाडौं । शान्तिको डायरी नामक थ्रिडी कमिक बुक सार्वजनिक भएको छ । नेपाल पर्यटन बोर्डमा आज आयोजित कार्यक्रममा शैक्षिक र प्राविधिक विषय समावेश यस बुक विमोचन भएको हो ।

वरिष्ठ समाजसेवी तथा लेखिका भद्रकुमारी घलेले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक पढ्न थ्रिडी चश्मा आवश्यक पर्ने रुपक क्रियशन प्रालिका अध्यक्ष रुपक शाक्यले बताए ।

उनका अनुसार किताब आफैमा नौलो र आधुनिक रहेको र यसभित्रका चित्रहरू नेपालको एतिहासिक कलाले भरिपूर्ण रहेको छ । बुकमासाहसिक र थ्रिलर कथाबस्तु समेटिएको छ । 

शाक्यका अनुसार शान्तिको डायरी थ्रिडी कमिक् बुक निर्माण गर्नुको उदेश्य कथाभित्र रहेको पात्रहरूलाई वास्तविक तवरले महसुस गरी कथामा डुब्नु हो । साथै, प्रविधिको आनन्द उठाई भरपुर रमाइलो महसुस गर्नु पनि हो ।

पुस्तकभित्र एक योगीको जीवनीलाई चित्रण गरिएको छ जो आफ्नो साहसिक यात्रामा आउने हरेक उतारचढावलाई डटेर अगाडि बढ्दै जान्छन् र असंख्य कष्टको सामना गर्दै लक्ष्य पार गर्न खोज्छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै