• २०८१ बैशाख १३ बिहीबार

अफगानिस्तानलाई अस्ट्रेलियाले ४ रनले हरायो

kharibot

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले पराजित गरेको छ ।

अस्ट्रेलियाले दिएको १६९ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६४ रन बनाए पछि अस्ट्रेलिया ४ रनले विजयी भएको हो ।

अफगानिस्तानका लागि गुलबदीन जदरानले सर्बाधिक ३९ रन बनाएका थिए भने रह्मनुल्लाह गुरबाजले ३०, इब्राहिम जदरानले २६ रन बनाएका थिए । त्यसैगरी राशिद खानले अविजित २३ बलमा ४८ रन बनाए भने डरविश रसूलीले अविजित १५ रन बनाएका थिए ।

त्यसैगरी अस्ट्रेलियाका बलर जोस हजेलवूड र एडम जाम्पाले २-२ विकेट लिएका थिए भने केन रिचार्डसनले एक विकेट लिएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५४ रन बनाएका थिए । म्याक्सवेलले ३२ बलमा अविजित ५४ रन बनाएका हुन् ।

त्यस्तै मिचेल मार्शले ४५ रन बनाए भने डेभिड वार्नर र मार्कस स्टोइनिसले २५-२५ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३, स्टेभन स्मिथले ४, कप्तान माथ्यु वाडेले ६, केन रिचार्डसन र एडम जाम्पाले १-१ रन बनाएका थिए ।

त्यसैगरी अफगानिस्तानका बल नभीन उल हकले ३ विकेट लिए भने फजाल्हक फारूकीले २ विकेट लिएका थिए । त्यस्तै मुजीब उर रहमान र राशिद खानले एक एक विकेट लिएका थिए ।

यो जितपछि समुह १ मा अस्ट्रेलियाको ५ खेलमा ७ अंक भएको छ र समुहमा दोस्रो स्थानमा उक्लिएको छ । अब शनिबार हुने ईङल्याण्ड र श्रीलंकाबिचको खेलपछि मात्र सेमिफाइनलमा पुग्ने दोस्रो टिमको टुंगो लाग्ने छ । ईङल्याण्डले श्रीलंकालाई पराजित गरेमा स्वत: सेमिफाइनलमा प्रवेश गर्ने छ । किनकी अहिले अस्ट्रेलियाको भन्दा ईङल्याण्डको रनरेट राम्रो रहेको छ ।

त्यस्तै अफगानिस्तानले यो हारसँगै ५ खेलमा २ अंक हासिल गरेर विश्वकप सकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै