• २०८१ बैशाख ७ शुक्रबार

किम कार्दशियनलाई १.२६ मिलियन डलर जरिवाना

kharibot

काठमाडौँ । किम कार्दशियनले आफ्नो इन्स्टाग्राम पृष्ठमा गैरकानूनी रूपमा इथरियम म्याक्सको प्रचार गरेकोमा १.२६ मिलियन डलर जरिवाना तिर्न सहमत भएकी छिन् ।

अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले रियलिटी टिभी स्टारले क्रिप्टोकरेन्सी इथरियम म्याक्सको विज्ञापनका लागि साढे २ लाख डलर प्राप्त गरेको कुरा जनताबाट लुकाएको बताएको छ ।

किम कार्दशियनले पनि तीन वर्षसम्म क्रिप्टो सम्पत्तिसँग सम्बन्धित कुनै पनि कुराको प्रचार नगर्न सहमति जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

कार्दशियनका वकिलले भने, "कार्दशियन अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनसँग यो मुद्दा सुल्झाउन पाउँदा खुसी छन् । कार्दशियनले सुरुदेखि नै नियमन निकायलाई पूर्ण रूपमा सहयोग गरेको छ र यस मामिलामा अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनलाई सहयोग गर्न सक्दो गर्न तयार छ।"

जनवरीमा कार्दशियन, बक्सर फ्लोयड मेवेदर जूनियर, बास्केटबल खेलाडी पल पियर्स र इथरेयमम्याक्सका निर्माताहरुलाई लगानीकर्ताहरुद्वारा मुद्दा दायर गरिएको थियो । ती सबैलाई गैरकानूनी रूपमा क्रिप्टोकरेन्सी प्रवर्द्धन गरेको आरोप लागेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै