• २०८१ बैशाख ७ शुक्रबार

त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

kharibot

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने  छ ।

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले  बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै