• २०८१ बैशाख ८ शनिबार

रुसले युक्रेनको चार क्षेत्रलाई गाभ्दै, पुटिनले शुक्रबार हस्ताक्षर गर्ने

kharibot

काठमाडौँ । रुसले युक्रेनका थप चार क्षेत्रलाई औपचारिक रूपमा गाभ्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार हस्ताक्षर गर्नेछन् ।

युक्रेनमा भएको कथित जनमत संग्रहको युक्रेन र पश्चिमा राष्ट्रहरूले आलोचना गरेपछि यो निर्णय गरिएको हो ।

रुसले पाँच दिने जनमतसंग्रहमा समर्थन पाएको दाबी गरेको छ । लुहान्स्क, डोनेट्स्क, जापोरिझ्झ्या र खेरसनमा जनमत संग्रह भएको थियो जसमा मतदान भएको बताइएको छ ।

हस्ताक्षरमा, रूसी राष्ट्रपतिले क्रेमलिनमा भाषण दिनेछन्, जसको लागि मस्कोको रेड स्क्वायरमा पहिले नै एक मञ्च बनाइएको छ । यस प्लेटफर्ममा युक्रेनका चार क्षेत्रलाई रुसको हिस्सा भनी चारवटा बिलबोर्डहरू राखिएको छ ।

सन् २०१४ मा पनि जनमत संग्रहपछि क्रिमियालाई रुसले गाभेको थियो । त्यसबेला राष्ट्रपतिले पनि सम्बोधन गरेका थिए ।

युक्रेनका चार क्षेत्रहरूमा भएको जनमत संग्रहको स्वतन्त्र रूपमा अनुगमन गरिएको छैन । अमेरिकाले यो जनमत संग्रहका कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ ।

जर्मन विदेशमन्त्री एनालेना बेर्बोकले बिहीबार जनमत संग्रहका लागि मानिसहरूलाई धम्की र कहिले बन्दुकको नोकमा उनीहरूका घर र कार्यालयबाट लगिएको बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै