• २०८१ बैशाख १४ शुक्रबार

फिल्म नचलेपछि आयुष्मानले घटाए आफ्नो पारिश्रमिक

kharibot

काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक घटाउने निर्णय गरेका छन् । वास्तवमा आजकाल आयुष्मानका फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेका छैनन् । जसका कारण उनले आफ्नो शुल्कमा १० करोड रुपैयाँ कटौती गरेका छन् ।

बलिउड हंगामाका अनुसार आयुष्मान खुरानाले साइनिङ शुल्कको रूपमा २५ करोड रुपैयाँ लिने गरेका छन् तर अहिले उनले यसलाई घटाएर १५ करोडमा राखेका छन् ।

आयुष्मानको नजिकको एक स्रोतले भने, 'मेनी' र 'चंडीगढ करे आशिकी' का कारण आयुष्मानको शुल्क २५ करोडबाट झरेर १५ करोडमा आएको छ । वास्तवमा, आयुष्मानको आगामी फिल्मका निर्माताहरूले उनलाई आफ्नो शुल्क घटाउन अनुरोध गरे र यो कठिन समयमा उनलाई समर्थन गर्न भने । योसँगै आयुष्मानले पनि यसमा स्वीकृति जनाउदै आफ्नो शुल्क १५ करोड बनाउन राजी भएको बताइएको छ ।

आयुष्मान वर्षको अन्त्यसम्म 'ड्रिम गर्ल २' मा व्यस्त हुनेछन् र दुई फिल्म रिलिज भएपछि आफ्नो अर्को प्रोजेक्टहरू बारे सोच्नेछन् । योसँगै आयुष्मान आफ्ना यी फिल्मले उनलाई दौडमा फर्काउनेमा विश्वस्त छन् ।

आयुष्मान खुरानाको वर्कफ्रन्टको कुरा गर्दा उनी चाँडै रकुल प्रीत सिंहको अपोजिट ‘डक्टर जी’ मा देखिनेछन् । फिल्म यसै वर्ष अक्टोबर १४ मा रिलिज हुँदैछ । यसबाहेक उनी अर्को वर्ष रिलिज हुने अनन्या पाण्डेसँग ‘ड्रिम गर्ल २’ मा देखिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै