• २०८१ बैशाख ८ शनिबार

मंगलदीप पूजा अगरबत्तीका 'फेष्टिभ प्याकहरु' बजारमा

kharibot

काठमाडौं । नेपालकै अग्रणी व्यावसायिक संस्था सुर्य नेपाल प्रालिले हरेक बर्षझै यस बर्ष पनि नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठलाई लक्षित गरेर आफ्नो उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको विभिन्न 'फेष्टिभ प्याकहरु'  बजारमा सार्बजनिक गरेको छ ।

यस चार्डपर्वमा अत्यधिक मात्रामा पूजा अगरबत्तीको माग तथा खपत हुने हुनाले यी फेष्टिभ प्याकहरु बजारमा ल्याइएको कम्पनिले जनाएको छ ।

यी फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसरा र आकर्षक षटकोण आकारको बक्समा ३ इन वान प्याक बजारमा उपलब्ध छन् ।

साथै साबिक भन्दा धेरै काँटी तथा बट्टाहरु संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर+ चन्दन (२ इन वान) अगरबत्ती प्याकहरु पनि बजारमा उपलब्ध छन् ।

यी सबै उत्पादनहरु देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने छन् । यी फेष्टिभ प्याकहरु हरेक पसलहरुमा आकर्षक सजावटका साथ उपलब्ध गरिएको हुनाले ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनिले लिएको छ ।

मंगलदीप पूजा अगरबत्ती गहन बजार अनुसन्धान गरि नेपाली ग्राहकहरुको रोजाई अनुसारको मनमोहक, आकर्षक तथा सुगन्धित अगरबत्ती ल्याउने गरेको तथा ती अगरबत्तीहरु नेपालीको विशेष रोजाइमा पर्न तथा मन जित्न सफल भएको छ । यी चाडपर्व लक्षित फेष्टिभ प्याक सिमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनिले जनाएको छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै