• २०८१ बैशाख ८ शनिबार

टोखाबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

kharibot

काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै