• २०८१ बैशाख १२ बुधबार

चीनको रेस्टुरेन्टमा आगलागी- १७ जनाको मृत्यु

kharibot

बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । 

स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरेको एक विज्ञप्तिमा स्थानीय सरकारले चाङचुन सहरको एउटा भोजनालयमा बुधबार दिउँसो १२ः४० बजे मा आगलागी भएको जनाएको छ । अग्नीनियन्त्रक घटनास्थलमा पुगेका र दिउँसो ३ बजेसम्म खोजी र उद्धारकार्य पूरा गरेका विज्ञप्तिमा जनाइएको छ ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको र  घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै