• २०८१ बैशाख ८ शनिबार

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

kharibot

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८१८ जनाको नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो । 

१२८४ को पिसीआर परीक्षणबाट ३१ जना र १५३४ को एन्टीजेन परीक्षणबाट ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, हाल नेपालमा ११ सय २२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज एक जना संक्रमितको मृत्यु भएको हो । 
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै