• २०८१ बैशाख ७ शुक्रबार

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश

kharibot

मकवानपुर  । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौमा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाका लागि ११ असोजमा पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नितीगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।

अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘प्रदेशभित्रका अस्पतालको सञ्चालन र व्यवस्थापन आदेश, २०७५’ खारेज गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै