• २०८१ बैशाख ८ शनिबार

काँग्रेसप्रति रविन्द्र मिश्र आक्रामक

kharibot

काठमाडौं । राप्रपा प्रवेश गरेका रविन्द्र मिश्र कांग्रेसप्रति आक्रोशित भएका छन् । एकता कार्यक्रममा सम्बोधन गर्दै मिश्रले कांग्रेसका नेताहरुले आफुमा बिचलन आएको आरोप लगाएको भन्दै काँग्रेसमाथि खनिएका हुन् ।

मिश्रले आफ्नै कार्यकर्ताहरुको टाउको काट्नेसँग काँग्रेस नेतृत्वले घाँटी जोडेर हिडेको भन्दै आफु भन्दा काँग्रेसमा बढी बिचलन आएको आरोप लगाए । उनले अब राप्रपाले कांग्रेसको त्यो आदर्श बोक्ने बताउदै विपीको मेलमिलापको नीतिलाई अगाडी बढाउनु पर्ने बताए ।

उनले भने- 'कांग्रेसका साथीहरुलाई म भन्न चाहन्छु, तपाईका नेताहरुलाई गएर सोध्नुस २०४६ साल पछि म मा बिचलन आयो की काँग्रेसमा आयो ? '

मिश्रले गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई रोएर पार्टी छोड्न बाध्य बनाएको आरोप लगाउदै काँग्रेसप्रति आक्रामक भएका थिए ।      

राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको छ  ।

काठमाडौँको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको हो ।

एकता सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र रविन्द्र मिश्रले हस्ताक्षर गरेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गरेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् । 

वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने बताइएको छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै