• २०८१ बैशाख ७ शुक्रबार

पुटिनको आदेशको असर: रुस छोड्नेको जर्जिया सीमामा लाइन

kharibot

काठमाडौँ । युक्रेनविरुद्ध रुसको आक्रमणको ७ महिना भन्दा बढी भएको छ । यसैबीच राष्ट्रपति भ्लादिमिर पुटिनले एक साताअघि जारी गरेको आदेशले रुसमा त्रास फैलाएको छ ।

पुटिनले युक्रेनमा ३ लाख आरक्षित सेना पठाउन आदेश जारी गरे । रुसको कानुनअनुसार सरकारले युद्धका बेला आवश्यकताअनुसार देशमा बस्ने जतिसुकै व्यक्तिलाई सेनामा भर्ना गर्न सक्छ । इतिहासमा सेनामा सेवा गरेका व्यक्तिहरूलाई छनोट गर्नेछ ।

यो आदेशपछि रुसमा मानिसहरु निकै डराएका छन् । त्यही भएर देश छाडेर हिडिरहेका छन् । उनीहरुले यो अनन्त युद्धमा हामी युक्रेनविरुद्ध लड्न नचाहेको पनि बताउँछन् । यही कारणले हजारौं रसियनले देश छोडिरहेका छन् । पुटिनको घोषणा पछि मस्को बाट हवाई उडानबाट देश छोड्नेको संख्या कीर्तिमानी रुपमा बढेको थियो ।

त्यस्तै कैयौं रसियनहरु आफ्नो कार र अन्य सवारी साधन लिएर जर्जिया तर्फ पनि लागेका छन् । जर्जियाको सीमा क्षेत्रमा हजारौं गाडीको लाइन लागेको छ भने जर्जिया प्रवेशका लागि मानिसहरु ४८ घण्टासम्म पर्खिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
माक्सार टेक्नोलोजीले सार्बजनिक गरेको सेटेलाइट तस्वीरमा जर्जियाको सीमामा हजारौं गाडीको लाइन देखिएको छ  । 

यसैबीच रुसले युक्रेनमा आफ्नो कब्जामा रहेको डोनेस्क, लुहान्स्क, खेरसन र जापोरिजियामा जनमत संग्रह गराएको छ । रुसी सञ्चारमाध्यमले मंगलबार यी प्रान्तका ९७ प्रतिशत युक्रेनीहरू रसियासँग विलय गर्न चाहेको उल्लेख गरेका छन् । यी चार प्रान्तहरूले युक्रेनको क्षेत्रफलको करिब २० प्रतिशत ओगटेका छन् ।

युक्रेनले रुसले बाल्टिक सागरमा रहेको नर्ड ग्यास पाइपलाइन विस्फोट गरेको आरोप लगाएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार म्याकालो पाडोल्याकले रुसले ग्यास पाइपलाइन विस्फोट गरेर युरोपमा जाडोअघिको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै