• २०८१ बैशाख १३ बिहीबार

ह्याट्रिक गर्ने छैटौं खेलाडी बने अन्जन

kharibot

काठमाडौं  । अन्जन विष्टले मंगलबार सम्पन्न बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गर्दै नयाँ किर्तिमान बनाएका छन् । अन्जन राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी बनेका हुन् ।

अन्जनले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।

यस खेलमा अन्जनले खेलको १८औं, २७औं र ३८औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनको यो राष्ट्रिय टोलीबाट पहिलो ह्याट्रिक हो । यससँगै उनले राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै १० गोल पूरा गरेका छन् ।

उनले आफ्ना सहकर्मी विमल घर्तिमगरलाई समेत उछिनेका छन् । बिमलले राष्ट्रिय टिमका लागि ९ गोल गरेका छन् ।

बंगलादेशविरुद्ध ह्याट्रिक पूरा गरेपछि अन्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सुचीमा तेस्रो स्थानमा उक्लिएका छन् । राष्ट्रिय टिमका लागि अनिल गुरुङ र भरत खवाससले पनि समान १०- १० गोल गरेका छन् ।

राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ । उनीहरुले १३-१३ गोल गरेका छन् । त्यस्तै नेपालका लागि अन्जनभन्दा अगाडी ह्याट्रिक गर्ने खेलाडीमा गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै