• २०८१ बैशाख १२ बुधबार

भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कृत

kharibot

भक्तपुर । भक्तपुरमा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार पक्राउ गरेको छ । 

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै