• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ महानगरको चाडपर्व लक्षित बजार अनुगमन

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट चाडपर्व लक्षित अनुगमन सुरु गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा आज ३ वटा टोली परिचालन गरिएका छन् ।

उपप्रमुखले नेतृत्व गरेको टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार तथा त्यस क्षेत्रमा भएका मासु पसल अनुगमन गरेको थियो । त्यसपछि खाद्य संस्थान थापाथलीको सुपथ विक्री कक्षमा विक्री कक्ष, प्रदर्शन कक्ष र भण्डार कक्ष हेरिएको थियो । त्यस क्रममा केही बोरा चामलको म्याद गुज्रिन लागेको अवस्थामा भेटिएको थियो । त्यसपछि कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य बस्तुको विक्री व्यवस्थाको अनुगमन गरिएको थियो । 

त्यस क्रममा सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्षको अनुगमन गरिएको थियो । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता विषयको अनुगमन भएको थियो । 

अनुगमनपछि बोल्दै उपप्रमुख एवं समितिकी संयोजक डंगोलले स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने बताउदै आफूले खरिद गर्ने सामानको उत्पादक को हो? उत्पादन मिति कहिले हो? उपभोग्य मिति कहिलेसम्म छ? अतिकतम मूल्य कति हो? सामग्री तयार हुँदा के के मिसाइएको छ? हेरेर मात्र खरिद गर्न अनुरोध गरेकी छन् ।

उनले चाडपर्वका समयमा अनुचित लाभ लिनेहरु हुन सक्ने भन्दै सचेत हुन आग्रह गरिन् । साथै उनले कुनै किसिमको अनुचित काम भएको पाएमा महानगरको टोलफ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरिन ।

महानगरले टोल फ्रि नंम्बरहरु १६६००१ ०५५११ र ११८० संचालन गरिरहेको छ भने यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासो तथा सुझावका लागि संचालन गरिरहेको छ ।  

अनुगमनका लागि खटिने ३ वटा टोलीमा संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय तहको पशु सेवासँग सम्बन्धित अधिकारीहरु रहेका छन् । यसरी खटिने टोलीमा वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा खटिएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै