• २०८१ बैशाख ७ शुक्रबार

अवैध लागूऔषधसहित नौ जना पक्राउ

kharibot

काठमाडौं । देशका विभिन्न स्थानमा अवैध लागूऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ परेको छ । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

नागढुङ्गामा प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पदमपुरबाट ८० मिलीग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित सडकबार्ट  ७ सय ५० ग्राम चरेशसहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको  छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

धनुषाको सबैला नगरपालिका–१० गेरुवाही नहरस्थित सडकबाट करिब १५ किलोग्राम भाङसहित धनौजी गाउँपालिका–२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो ।  

पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेटसहित एक जनलााई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत घर भई वीरगन्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जना छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई–रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै