• २०८१ बैशाख ७ शुक्रबार

एनसीसी र कुमारी बैंकको सेयर कारोबार रोक्का

kharibot

काठमाडौं  । मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले मंगलबारदेखि एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी दुई बैंकले सोमबार मर्जरमा जाने सम्झौता गरेका थिए।

मर्जरपश्चात कुमारी बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको छ । दुवै बैंक १ः१ अनुपातमा मर्जमा हुन लागेका हुन् ।

अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जरपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै