• २०८१ बैशाख १२ बुधबार

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै, बुधबार घोषणासभा हुने

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी छोडेका रविन्द्र मिश्र समूहबीच एकता हुने भएको छ ।

मिश्रको नेतृत्वमा वृहत ध्रुवीकरण पक्षधर समुहलाई राप्रपामा भित्र्याउने घोषणासभा आयोजना बुधबार हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यसअघि मिश्रले स्थानीय निर्वाचनपछि विवेकशील साझाको अध्यक्ष र सोमबार साँझ विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

मिश्रले विवेकशील साझामा ‘विचार माथि देश’ दस्तावेज सार्बजनिक गरेपछि पार्टीमा विवाद बढेको थियो ।

पार्टीको विवादकै बिचमा उनले राप्रपा प्रवेशको छलफल शुरु गरेका थिए । मिश्रले राजतन्त्रको पक्षमा वकालत गर्न शुरु गरेपछि विवेकशील साझाका संयोजक मिलन पाण्डे समुहले उनको विरोध गरेको थियो । 

अब मिश्र राप्रपामा उपाध्यक्ष बनेर प्रवेश गर्न लागेको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै