• २०८१ बैशाख ७ शुक्रबार

फिफाले बार्सिलोनालाई किन तिर्दैछ क्षतिपुर्ति ?

kharibot

काठमाडौँ । उरुग्वेका खेलाडी रोनाल्ड अराउजो घाइते भएपछि फिफाले बार्सिलोनालाई क्षतिपुर्ति तिर्नुपर्ने भएको छ ।

कुनै पनि खेलाडी राष्ट्रिय टिमबाट खेल्दा घाइते भएर २८ दिन भन्दा बढी मैदान बाहिर हुने अवस्था आएमा फिफाले व्यावसायिक क्लबलाई क्षतिपुर्ति दिने व्यवस्था अनुसार फिफाले बार्सिलोनालाई क्षतिपुर्ति दिनुपर्ने भएको हो ।

फिफाले २०१८ मा खेलाडी संरक्षण कार्यक्रम अनुमोदन गरेको थियो, जुन यस बर्षको अन्त्यसम्म लागु हुने छ ।

यसले राष्ट्रिय टिमबाट खेल्दा घाइते भएर २८ दिन भन्दा बढी मैदान बाहिर हुने अवस्था आएमा फिफाले व्यावसायिक क्लबलाई क्षतिपुर्ति दिने व्यवस्था गरेको छ । फिफाले यस कार्यक्रमका लागि बार्षिक ८० मिलियन युरो छुट्टयाउने गरेको छ ।

उरुग्वेका २३ बर्षिय डिफेन्डर रोनाल्ड अराउजो शुक्रबार इरानविरुद्ध खेल्दा घाइते भएपछि अब २ देखि ३ महिना मैदान बाहिर हुने भएका छन् । उनको सर्जरी गर्नुपर्ने भएको बताइएको छ । विश्वकपलाई ध्यानमा राख्दै रोनाल्डले सर्जरी गर्न नचाहेपनि बार्सिलोनाले भने उनलाई सर्जरी गरेर पूर्णरुपमा ठिक हुन जोड दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अब रोनाल्ड २८ दिनभन्दा बढी मैदान बाहिर रहने भएपछि फिफाले बार्सिलोनालाई प्रति दिन २० हजार ४५८ युरो क्षतिपुर्ति तिर्नुपर्ने भएको बताइएको छ । उनी ठिक हुने बेलासम्म फिफाले कम्तिमा पनि साढे ७ मिलियन युरो बार्सिलोनालाई तिर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै