• २०८१ बैशाख ८ शनिबार

शाहरुखको 'जवान' २५० करोडमा बिक्यो

kharibot

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ ।

साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ । यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ । 

फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो । यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदै छ । फिल्ममा शाहरुखको दोहोरो भूमिका छन् ।

शाहरुख अभिनित अन्य दुई फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै