• २०८१ बैशाख ७ शुक्रबार

प्रेम गीत-३ ले दुई दिनमा कति कमायो ?

kharibot

काठमाडौँ । विश्वभर रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ ले दुई दिनमा विश्वभर ८ करोड ७९ लाख भारतीय रुपैयाँ ( १४ करोड ६४ हजार नेपालीरुपैयाँ) कमाई गरेको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मले शुक्रबार भारतमा १.१२  (एक करोड ७९ लाख नेपाली) करोड कमाई गरेको थियो भने शनिबार भारतमा ८३ लाख (एक करोड ३२ लाख नेपाली रुपैयाँ)  कमाई गरेको छ ।

भारतमा दुई दिनमा १.९५ करोड (३ करोड १२ लाख नेपाली रुपैयाँ) कमाई गरेको छ । त्यस्तै नेपालमा शुक्रबार ३ करोड २८ लाख नेपाली रुपैयाँ कमाई गरेको थियो भने शनिबार ३ करोड ५२ लाख कमाई गरेको छ । त्यस्तै दुई दिनमा नेपालमा ७ करोड २० लाख नेपाली रुपियाँ कलेक्सन गरेको छ ।

त्यस्तै नेपाल र भारत बाहेकका देशमा प्रेम गीत-३ ले शुक्रबार २ करोड ६७ लाख नेपाली रुपैयाँ कमाई गरको थियो भने शनिबार २ करोड ८ लाख कमाई गरेको छ । विश्व बजारमा ४ करोड ६४ लाख कमाई गरेको छ ।

नेपाल बाहिर नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको  थियो भने नेपाल भने हिन्दी डब सोमबारबाट रिलिज हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै