• २०८१ बैशाख १३ बिहीबार

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट- २ सैनिकको मृत्यु

kharibot

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा भएको विस्फोटमा दुई सुरक्षाकर्मीको मृत्यु भएको सेनाले आइतबार जनाएको छ ।

सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) द्वारा जारी विज्ञप्ति अनुसार शनिबार जिल्लाको ईशाम क्षेत्रमा इम्प्रोभाइज्ड विस्फोटक पदार्थ विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको थियो । दुवै मृतक सैनिकहरू देशको पूर्वी पञ्जाब प्रान्तका  नागरिक रहेको पुष्टि भएको छ ।

आईएसपीआरका अनुसार त्यस क्षेत्रमा आतङ्कवादी  विरुद्ध अपरेसन शुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै