• २०८१ बैशाख १३ बिहीबार

प्रेमगीत-३ फिल्मको विवादमा भुवन केसीको ६ बुँदे स्पष्टीकरण

kharibot

काठमाडौं । प्रेमगीत-३ फिल्मको विवाद बारे चलचित्र विकास बोर्डले आफ्नो ६ बुँदे स्पष्टीकरण दिएको छ । बोर्ड अध्यक्ष भुवन केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रेम गीत -३ विवाद प्रकरणमा बोर्डमाथि लगाइएका आरोपको खण्डन गरेका हुन् ।

अध्यक्ष केसीले विज्ञप्तिमा बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको उल्लेख गरिएको छ ।

बोर्डले आइतबार मात्र प्रेम गीत-३ को हिन्दी भाषालाई सेन्सर सिफारिस गरेको छ भने फिल्मको हिन्दी डब सोमबारदेखि रिलिज हुने बाटो खुलेको छ ।

साथै केसीले प्रेमगीत-३ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेका छन् ।

बोर्डको विज्ञप्ति

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै