• २०८१ बैशाख १३ बिहीबार

जनकपुर पुगेर रेल चढे ओली

kharibot

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली पहिलोपटक जनकपुर- जयनगर रेल चढेर धनुषाको  विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको थियो । ओली आफैले टिकट किनेर रेल चढेका थिए ।

ओलीले कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै