• २०८१ बैशाख ६ बिहीबार

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

kharibot

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त शहर बनेको छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ । राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ ।

वीरेन्द्रनगरका व्यस्त बजारका सडक छेउछाउमा अव्यवस्थितरूपमा पार्किङ गरिएका सवारी साधनका कारण धेरैले दुःख पाएका छन् । पार्किङ क्षेत्र अभावको कारण देखाउँदै सवारी चालकले मनपरी ढङ्गले फुटपाथमा पार्किङ गर्दै आएका छन् । फुटपाथमा पार्किङ गर्ने बढ्दो प्रवृत्तिले पैदलयात्रीलाई निकै नै सास्ती हुने गरेको छ ।

पार्किङका लागि मुख्य बजार तथा राजमार्गमा नो पार्किङ लेखिएका साइन बोर्डहरु नहुँदा बजार क्षेत्रभित्र यातायातका साधन जथाभावी पार्किङ हुने गरेका छन् । व्यवस्थित पार्किङमात्र नभई समयमै फोहोर सङ्कलन नहुँदा चोकचोकमा फोहोरको डुङ्गुर लाग्ने गरेको छ । वीरेन्द्रनगरमा ढल निकास, फोहोर मैला र अस्तव्यस्त पार्किङले नगर कुरूपजस्तै बन्दै गएको छ । 

फोहोर मैला र अव्यवस्थित पार्किङले गर्दा बजारको सौन्दर्यमा कमी आएको नगरपालिकाको बुझाइ छ । ढल निकास, ट्राफिक व्यवस्थापन तथा व्यवस्थित बनाउन नगरपालिका लागिपरेको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले बताइन् । 

उनले ढल निकासको व्यवस्थापनका लागि स्थानीय सरकार लागिपरेको बताउँदै बजार क्षेत्रभित्रका सडकमा भइरहेको अव्यवस्थित पार्किङलाई हटाएर नगरलाई व्यवस्थित गरिने जानकारी दिइन् । फोहोरमैला, ढल निकास तथा ट्राफिक ब्यवस्थापनमा स्थानीय सरकार मात्रै नभई प्रदेश सरकारले पनि बेलैमा ध्यान पुर्याउन आवश्यक रहेको नगरप्रमुख ढकालको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै