• २०८१ बैशाख १३ बिहीबार

दशैभित्र दोर्दीको २५ मेगावाट विद्युत रास्ट्रिय ग्रिडमा थपिने

kharibot

लमजुङ । दोर्दी गाउँपालिका-६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनीले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ । आयोजनाको सिभिल संरचना र उपकरण जडानलगायत सबै क्षेत्रकाे काम सकिएकाे आयोजनाका सञ्चालकक राजेन्द्र वस्ती बताउँछन्  । 

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गरिनेछ,’ उनले भने। आयोजनाको दुई साताको बिजुली उत्पादन परीक्षण सफल भएमा व्यापारlक उत्पादन सुरू गरिनेछ । आयोजनाको विद्युत प्राधिकरणको कLर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना निर्माणको काम यसअघिनै अन्तिम चरणमा पुर्‍याए पनि २०७८ असारमा आएको बाढीले ठूलो क्षति पुर्‍याउँदा प्रभावित भएको थियो । बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणको काम सकिएको हो । आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको आयोजनाले जनाएकाे छ ।

यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । 

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी-१ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाले भने विद्युत उत्पादन परीक्षण सुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै