इङल्याण्डविरुद्ध पाकिस्तानको १० विकेटको जित, बाबरले बनाए शतक
खरीबोट
२०७९ असोज ७ शुक्रबार
काठमाडौँ । पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको छ । जारी टी-२० सिरिज अन्तर्गत गएराती सम्पन्न खेलमा पाकिस्तानले इङल्याण्डलाई १० विकेटले पराजित गरेको हो ।
इङल्याण्डले दिएको २०० रनको लक्ष्य पछाएको पाकिस्तानले १९.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ११० रन अविजित बनाएका थिए भने मोहमद रिजवानले अविजित ८८ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।
पाकिस्तान टूरमा आएको इङल्याण्डले खेल्ने ७ सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आजै हुने छ ।