• २०८१ बैशाख ७ शुक्रबार

प्रेम गीत-३ को हिन्दी डब नेपालमा सोमबार मात्र रिलिज हुने

kharibot

काठमाडौँ । शुक्रबारबाट रिलिज हुन लागेको प्रेम गीत-३ को हिन्दी डब नेपालमा रिलिज सोमबार देखि मात्र रिलिज हुने भएको छ ।

फिल्मका निर्माता सन्तोष सेनले प्राविधिक कारणले शुक्रबार प्रेम गीत-३ को हिन्दी डब नेपालमा रिलिज हुननसकेको भन्दै क्षमा मागेका छन् । निर्माता सेनले प्रेम गीत-३ को हिन्दी डब रिलिज गर्न नसक्ने स्थिति सिर्जना गराइएको भन्दै घटस्थापनाको दिन हिन्दी भर्सन देशभर प्रदर्शनमा आउने बताएका छन् ।

यस अघि नेपाल चलचित्र विकास बोर्डले प्रेम गीत-३ को हिन्दी डबलाई विदेशी चलचित्रको दर्जा दिएर सेन्सर गर्न सिफारिस गरेपछि सञ्चार मन्त्रालयको हस्तक्षेपपछि हिन्दी डबको प्रेम गीत पनि नेपाली फिल्म नै भएकोले सोहि अनुसार रिलिज गर्न निर्देशन दिएको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै