काठमाडौं । बंगलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
राष्ट्रिय फुटबल टिममा यसअघिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीलाई पुनरागमन गराइएको छ ।
टिममा चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् भने रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिम:
गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु ।
डिफेण्ड: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रेजिन धिमाल ।
मिडफिल्ड: सुदिप गुरुङ, तेज तामाङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरजज्यु ठकुरी, एरिक विष्ट ।
फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी, आशिष चौधरी ।