• २०८१ बैशाख ४ मंगलबार

प्रेम गीत-३ को हिन्दी डब विवादमा सरकारको हस्तक्षेप, नेपाली फिल्म सरह सुबिधा पाउने

kharibot

काठमाडौं । प्रेम गीत-३ को हिन्दी डब विवादमा सरकारले हस्तक्षेप गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विवादमा हस्तक्षेप गरेपछि यो विवाद अब टुंगिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डब नेपाली फिल्म नै भएको भन्दै सोहि अनुसार हुने निष्कर्ष निकालेको छ । मन्त्रालयले चलचित्र बोर्डका अध्यक्ष भुवन केसीसंग विहिबार गरेको छलफलपछि अब प्रेम गीत-३ को हिन्दी डब पनि नेपाली फिल्म सरह नै रिलिज हुने भएको हो । 

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । सो निवेदनपछि अध्यक्ष केसीसँग मन्त्रालयले विहिबार छलफल गरेको थियो ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भएकोले यसमा हिन्दी भन्ने कुरा नै नभएको बताए । उनले खरीबोटसँग कुरा गर्दै भने,‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन्, फिल्म त अनेक भाषामा बन्न सक्छ नि है न र ? नेपाली निर्माताले बनाएको फिल्म हो, हिन्दी फिल्म होइन ।

प्रवक्ता पोखरेलले छलफलपछि नियम अनुसार रिलिजको व्यवस्था हुने बताए ।

प्रेम गीत-३ नेपाली र हिन्दी भाषामा नेपाल र भारतसहित विश्वका ५० भन्दा बढी देशमा शुक्रबारदेखि १५ सयभन्दा बढी स्क्रिनमा रिलिज हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै