• २०७९ असोज १४ शुक्रबार

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहको चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय