• २०८१ बैशाख ८ शनिबार

प्रेमगीत-३ को हिन्दी डबलाई विदेशी फिल्म सरह १५ प्रतिशत शुल्क लिने गरि सेन्सर

kharibot

काठमाडौँ ।  फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबलाई विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क लिने गरी चलचित्र विकास बोर्डले सेन्सर अनुमति दिएको छ । बुधवार बोर्ड अध्यक्ष भुवन केसीले फिल्मका निर्माता र वितरकलाई हिन्दी डबको सेन्सर अनुमति पत्र दिएका हुन् ।

फिल्मको नेपाली भर्सनको भने यसअघि नै सेन्सर भइसकेको छ ।

साथै, फिल्मका वितरकले भन्सार शुल्क बापत २० हजार रुपैयाँ समेत तिरेका छन् । अब, फिल्मको हिन्दी डबले नेपालमा गरेको कमाईको १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने भएको छ ।

विदेशी फिल्मले मात्र १५ प्रतिशत शुल्क तिर्नुपर्ने नियम छ । नेपाली ‘प्रेमगीत ३’ले भने यो शुल्क तिर्नु पर्दैन । 

‘प्रेमगीत ३’का निर्माताले हिन्दी भाषामा डब गर्नुअघि चलचित्र विकास बोर्डबाट पुनः स्वरांकनको अनुमति नलिएकाले विदेशी फिल्म सरह शुल्क तिर्नु पर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै