• २०८१ बैशाख ८ शनिबार

थप ८१ जनामा कोरोना संक्रमण 

kharibot

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनाको नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो । 

१०९७ को पिसीआर परीक्षणबाट ३९ जना र २३५० को एन्टीजेन परीक्षणबाट ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, हाल नेपालमा १४ सय ८३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन । 

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै