• २०८१ बैशाख ७ शुक्रबार

सत्तारुढ ४ दलको निष्कर्ष- राष्ट्रपतिद्वारा जनताबाट निर्वाचित संसदको घोर अपमान

kharibot

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका चार दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले जनताबाट निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमुल्यन गरेको ठहर गरेका छन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको उल्लेख गरिएको छ  ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् भने सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा हस्ताक्षर गरेको छैन ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै