• २०८१ बैशाख ४ मंगलबार

राष्ट्रपतिको कदम संबिधानको अपमान भएको गठबन्धनको ठहर

kharibot

काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले राष्ट्रपति भण्डारीले संविधानकै अपमान गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि बोल्दै कांग्रेस नेता रामहरी खतिवडाले राष्ट्रपतिको यो कदमलाई गम्भीर रूपमा लिइएको बताए ।  उनले भने- 'आफूलाई नभएको अधिकार अर्काको इसारामा प्रयोग गर्दा त्यसको असर भोलि के पर्छ भन्ने कुरा उहाँले बुझ्नुपर्ने थियो । त्यो बुझ्नुभएन ।’

नेता खतिवडाले राष्ट्रपतिको कदमप्रति गठबन्धन दलहरूको संयुक्त धारणा केही समयपछि विज्ञप्तिमार्फत सार्वजनिक हुने पनि बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै