• २०८१ बैशाख १४ शुक्रबार

नेपाललाई हराउदै बंगलादेशले जित्यो महिला साफको उपाधि

kharibot

काठमाडौँ । बंगलादेशले महिला साफको उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक साफको उपाधि जितेको छ ।

छैटौं महिला साफसम्म आइपुग्दा यसअघि पाँचै उपाधि भारतले जितेको थियो । छैटौं साफमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगलादेशले पहिलो पटक महिला साफको उपाधि जितेको  छ ।

नेपालका लागि अनिता बस्नेतले एक गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थपेको थियो ।

नेपाल भने पाँचौं पटक फाइनलमा पुगेर पनि उपाधि जित्न असफल भएको छ । नेपाल १०१६ बाहेक सबै महिला साफको फाइनलमा पुगेको थियो ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै