• २०८१ बैशाख ७ शुक्रबार

महारानी एलिजाबेथको अन्त्यष्टि आज, को को सहभागी हुदैछन ?

kharibot

काठमाडौँ । झण्डै ७० वर्ष बेलायतकी महारानी रहेकी महारानी एलिजाबेथ द्वितीयको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

यस अवधिमा करिब १० लाख आम नागरिक लन्डनमा विशेष कार्यक्रममा सहभागी हुनेछन् । विश्वभरका ५०० भन्दा बढी राष्ट्र प्रमुख, प्रतिनिधि र राजपरिवारलाई आमन्त्रण गरिएको छ ।

अहिले जेष्ठ नागरिक र बालबालिकाहरु श्रद्धाञ्जली दिन लामो लाइनमा उभिएका छन् । महारानीको आज वेस्टमिन्स्टर एबेमा रानीको दाहसंस्कार गरिने छ ।

सोमबार बेलायतमा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिको लागि राष्ट्रिय बिदा दिइएको छ । अन्तिम दर्शनका लागि १० किलोमिटर लामो लाइन अहिले पनि रहेको बताइएको छ । 

अन्त्येष्टिमा को को सहभागी हुनेछन् ?

अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत धेरै देशका राष्ट्रपति, प्रधानमन्त्री र विशिष्ट व्यक्तिहरू बेलायतमा इतिहास बन्न लागेको युगको अन्तिम क्षणको हिस्सा बन्न लन्डन पुगिसकेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे र पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफ महारानीको अन्त्येष्टिमा सहभागी हुनेछन् । यसबाहेक न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न, युरोपेली संघका अध्यक्ष उर्साला भोन डर लेयन, टर्कीका राष्ट्रपति रजाब तैयप एर्दोगान पनि अन्तिम संस्कारमा सहभागी हुनेछन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रानीको अन्त्येष्टिमा निमन्त्रणा गरिएको छैन ।

त्यस्तै विवादको बीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिनिधिको रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्यष्टिमा सहभागी हुने छन् । त्यसैगरी सन् २०१८ मा पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पहिलो पटक बेलायतको भ्रमण गर्ने भएका छन् ।

कार्यक्रम लण्डन समय अनुसार बिहान ११ बजे वेस्टमिन्स्टर हलबाट सुरु हुनेछ । यो अन्त्येष्टिको लागि वेस्टमिन्स्टर एबे देखि विन्डसर सम्मको जुलुस पछि हुनेछ। साँझ, रानीलाई उनको स्वर्गीय पति प्रिन्स फिलिपको नजिकै विन्डसर क्यासलको किंग जर्ज चतुर्थ मेमोरियल चैपलमा गाडिनेछ । यो कार्यक्रम बेलायतमा सन् १९६५ मा प्रधानमन्त्री विन्स्टन चर्चिलको राजकीय अन्त्येष्टि भएको करिब ५७ वर्षपछि आयोजना गरिएको हो ।

बेलायतमा १० दिने राष्ट्रिय शोक सोमबार रानीको राजकीय अन्त्येष्टिसँगै समाप्त हुनेछ । सोमबार लन्डन आउने १० लाख मानिसका लागि २५० थप ट्रेनहरू चलाइँदै छन् ।

सेना, वायुसेना र नौसेनाका ५ हजार ९४९ सैनिक तैनाथ छन् भने १५० सैनिकले गार्ड अफ अनर दिने ४१० सैनिक जुलुसमा सहभागी हुनेछन् । १० हजारभन्दा बढी पुलिसले लन्डनको बाँकी व्यवस्थाहरू सम्हाल्नेछन् । ३६ किलोमिटर लामो ब्यारियर जडान गरिएको छ भने  हिथ्रो विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् । साथै अन्त्येष्टि १२५ सिनेमा हलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

यससँगै ठूलो संख्यामा दर्शकहरुले टेलिभिजनमा अन्त्येष्टि कार्यक्रम हेर्न सक्नेछन् । बेलायतका धेरै खुद्रा विक्रेताहरूले पनि व्यवसाय बन्द गर्नेछन् ताकि उनीहरूका कर्मचारीहरूले रानीलाई श्रद्धांजलि दिन सकुन । द गार्डियनको रिपोर्ट अनुसार टेस्को, सेन्सबरी, मोरिसन, लिड्स, म्याकडोनाल्ड र अन्य संस्थाले आफ्ना आउटलेट बन्द गर्न आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै