• २०८१ बैशाख १२ बुधबार

स्क्वड गेममा लियोनार्दो !

kharibot

काठमाडौँ । गत वर्षको सेप्टेम्बरमा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज दक्षिण कोरियाली सिरिज ‘स्क्विड गेम’ ले विश्वव्यापी रुपमा तहल्का मच्चायो । रिलिज पछि यो सिरिजले राम्रो प्रशंसा पायो । हालै सम्पन्न ‘एमी अवार्ड’ मा पनि सिरिजको दबदबा थियो । यही बीचमा नेटफ्लिक्सले ‘स्क्विड गेम ३’ मा हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो हुन सक्ने संकेत गरेको छ ।

‘एमी अवार्ड २०२२’ को समापन पछि नेटफ्क्लिसले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सिरिजका निर्देशक ह्वांग डोंग ह्युकले यो कुराको संकेत गरेका हुन् । उनलाई पत्रकारहरुले ‘के भविष्यमा कोही हलिउड सुपरस्टार यो सिरिजको हिस्सा बन्न सक्छन् ? भनी सोधेका थिए ।

‘अहिले नै यो कुरा भन्नु हतारो हुनेछ । ‘स्क्विड गेम २’ मा कोही पनि हलिउड स्टार हुने छैनन् । तर, अर्को सिरिजमा भने केही फेरबदल भयो भने हलिउड स्टार लियोनार्दो डिकाप्रियोमाथि विचार गर्न सकिन्छ । किनकि लियोनार्दोले मलाई स्क्विड गेमको ठूलो प्रशंसक भएको बताएका छन् । त्यसकारण यो खेलमा उनलाई सामेल गराउन हामी सक्छौं’, उनले भनेका छन् ।

गत वर्षको ‘एमी अवार्ड’ मा लियोनार्दोले ‘स्क्विड गेम’का अभिनेता तथा एमी विजेता ली जंग जेसँग भेटेका थिए । जुन तस्बिर सामाजिक सञ्जालमा आएको थियो ।

पहिलो सिजनको अपार सफलता पछि निर्माताहरुले फ्यानका लागि दोस्रो सिजन निर्माण गरिरहेका छन् । दोस्रो सिजनको सुटिङ सन् २०२३ मा सुरु हुनेछ । त्यसपछि सन् २०२४ मा दोस्रो सिजन रिलिज हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै