• २०८१ बैशाख ७ शुक्रबार

नामिवियाले उपहार दिइएका आठ चितुवा भारत आइपुगे

kharibot

नयाँ दिल्ली । स्थानीय रूपमा लोप भएको करिब ७० बर्षपछि चितुवा (चिता) शनिबार भारत आइपुगेका छन् ।

नामिबियाको राजधानी विन्डहोकको उत्तरमा रहेको गेम पार्कबाट बोइङ ७४७ को चार्टर्ड विमानबाट ११ घण्टाको उडानमार्फत पाँच पोथी र तीन भाले चितुवालाई ल्याइएको हो । 

एशिया महादेशको इरानमा मात्र पाइने भनिएको यो चितुवाको प्रजातीलाई पुनः भारतीय भूमिमा परिचय गराउने महत्वाकांक्षी परियोजनालाई लिएर विशेषज्ञहरूबीच यसको सफलताको सम्भावनाबारे विभाजित मत देखिएको छ । 

अधिकारीहरूका अनुसार यो परियोजना विश्वको पहिलो अन्तर महादेशीय स्थानान्तरण हो । यो पृथ्वीको सबैभन्दा तीव्र गतिको वन्यजन्तु हो ।

नयाँ दिल्लीबाट ३२० किलोमिटर दक्षिणमा रहेको र प्रचुर मात्रामा सिकार र घाँसे मैदानका लागि प्रख्यात वन्यजन्तु आरक्ष, कुनो राष्ट्रिय निकुञ्जमा यिनीहरूलाई राखिनेछ । 

दुईदेखि साढे पाँच वर्षउमेरसमूहका प्रत्येक जनावरलाई उनीहरूको गतिविधि निगरानी गर्न ‘स्याटेलाइट कलर’ जडान गरिएको छ ।  उनीहरूलाई सुरुमा करिब एक महिना क्वारेन्टिनमा राखिनेछ र त्यसपछि निकुञ्जको खुला वन क्षेत्रमा छाडिनेछ ।

आलोचकहरूले यी जीवहरूलाई भारतीय वासस्थानसँग घुलमिल हुन संघर्ष गर्नु पर्नसक्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै